पहिलो हाफमा २ गोलले अघि अर्जेन्टिना, फ्रान्सलाई उपाधि रक्षा गर्न चुनौती
काठमाडाैं | पुस ३, २०७९
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिनाबीच जारी फाइनल खेलमा अर्जेन्टिना २ गोलले अग्रता बनाएको छ ।
उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच भइरहेको खेलमा अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोल गरे ।
डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
त्यसैगरि खेलको खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । यता फ्रान्सले गोलको खोजीमा रहेपनि अर्जेन्टिनाका डिफेण्डरहरुले विफल बनाइरहेका छन् ।
जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दबदबा सिर्जना गरेको थियो । अर्जेन्टिनाले विश्वकप २ पटक जितिसकेको छ भने फ्रान्स उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

